सुम्निमालाई शान्तीनगर बसस्टप छोडेर रुमतिर फर्किने बेला स्वाट्ट देब्रे लागियो, एउटा हाते ट्याक्टरको पछि-पछि स्कुटर कुदाउँदै, गल्ली भित्र पसेको मात्र के थिए,
“ए भाइ, के गरेको यार, कहाँ आएको, आज यता आउँन मिल्दैन नि !”, एकजना अधबैसे पुरुष कड्किए।
“किन र काका! के भो त्यस्तो? हिजो अस्ती ‘नि आएकै हो। केहि समस्या थिएन, आज आएर एक्कासी के भयो?” मैले मेरो जिज्ञासा तेर्स्याए।
कुरो के रहेछ भने, त्यस गल्लीमा आज असारमा बजेट सक्ने गरी बाटो स्तरोन्नती हुने कार्यक्रम हुँदैरहेछ, प्राइमर हालेको नि नदेख्या होइन। तर सायद केहि फरक नपर्ला, अनि केहि समस्या भए त बाटोमा बाँस तेर्साएर रोकिहाल्थे होला नि भन्ने मेरो अर्धचेतनले सोचेर म सुरुरु त्यस गल्लीमा स्कुटरको एक्सिलेरेटर बटारेर पसि त हाले।
“अनि ख्याल गरेनौ तल बाटोमा? बाटो बन्दै गरेको छ भन्ने कुरो यार”
“ए ! अ है ! सरि काका, मैले त होस नै नगरी हिंडेछु। फेरि साइन बोर्ड पनि कतै छैन, बाटो नि बन्द गर्या रैन रैछ नि।माफ गर्नुहोस् है !”, मैले मेरो गल्ती स्विकारे।
“सब चीज कहाँ लेख्या हुन्छ यार, आफै बुझ्नु पर्छ नि।अनि बाटो बन्द गरे पछि त्यो ट्याक्टरले सामान कसरी ओसार्छ नि, तिमी पनि के प्रश्न गर्छौ यार भाइ”? भनेर झन् पो रुखो, ओठे जवाफ दिन्छन् त बूढा।
आफूले आफैलाई सम्हालेर, आफ्नो दिमागी ठन्डापन कायमै राखी मैले भने,
“ठीक छ काका, मबाट गल्ती भयो, अब आइ त हाले, के गर्ने होला ! नरिसाउनुहोस् न हौ।”
“अब फेरी आउने होईन, अनि यस्तो गल्ती नि दोहोर्याउने होईन है भाइ ! यस्तो योङ्ग मान्छेले गल्ती गर्ने हो?” झन् ठाडो जवाफ दिन्छन, सानका साथ। माथिको लेख मार्फत, हामी तपाईंलाई नवीनतम लुगाहरू सिफारिस गर्न सक्छौं।Shop dress हरेक अवसरका लागि विभिन्न लम्बाइ, रंग र शैलीहरूमा। तपाईंको मनपर्ने ब्रान्डहरूबाट।
लु अब चाँही मैले आफ्नो झर्कोपन सम्हाल्नैं सकिन। फ्याट्ट बोल्दिहाले,
“होइन यार, म अगीदेखि बिनम्रतापूर्वक आफ्नो गल्ती स्वीकारेर अब फेरि मबाट यस्तो हुँदैन भनेर भनिरा’को छु, के म अब तपाईंको खुट्ठै ढोगेर माफ माग्नु पर्ने हो ? मेरो गल्ती त्यती सारो अक्षम्य पनि त छैन होला नि हौ ! अनि योङ्गले चाँही गल्ती नै गर्न नहुने कहाँ लेख्या छ “, म कड्किए।
मैले थपिरहेँ, “होइन तपाईं बुढा-पाकाले चाहिँ गल्ती गर्न हुने, हामी युवालेचाहिँ सानो गल्ती गर्न न हुने, यो कस्तो लजिक हो।बूढा-पाकाको गल्तीको कारणले त यो देशको अवस्था आज यस्तो छ।गल्ती युवाहरुले गर्छन्, गरुन् न, गरेरै त सिक्छन्।योङ्ग अनि युवा युवा नगर्नुहोस् बा, म युवाले तपाईलाई अघिदेखि विनम्रतापुर्वक झेले, अब सक्दिन। तपाईँलाई अहिले देखाउँछु नि, युवा कस्तो हुन्छ, अनि के के गर्छन्। पाँचवटा ठिटाहरु बोलाउँछु CRF , Bullet अनि Crossfire मोटर-वाइकमा, यहिँ गल्लीमा।अनि थाहाँ हुन्छ के हो युवा, योङ्ग अनि कस्तो हो युवाहरुको गल्ती !”
यति भनेको, छेवैको अर्को अधवैसे एक मानिसले,
“भैगो यार भाइ ! केही फरक पर्दैन। एकचोटी जान दिनुस दाइ, जानी जानी होइन के रे। जाउ भाइ, नरिसाउ यार, फाइदा छैन रिसाएर “, भनेर मलाई जाने सल्लाह दिए।
म ‘नि फेरी स्कुटरको कान बेस्कन बटारेर त्यहाँबाट कति बेला कुले हानुम् भन्ने भइरहेको थियो, ३० मिटर अगाडी त्यहीँ गल्लीमा अगाडीतिर बाट एकजनाले बाइक कुदाउँदै अर्कोले पछाडी ग्यासको सिलिन्डर बोकेर आइरहेका थिए।
दुबै जना कन्फ्यूज देखिन्थे, अगाडी बढौँ कि नबढौँ भनेर।
मैले तिनीहरुको मन बुझे र भने,
“ए गए हुन्छ ब्रोहरु, केहि फरक पर्दैन। परेको म व्यहोर्छु।बाटो यस्तै हो, बन्दै गर्छ, बिग्रिए पनि बालै फरर ।”
।।इति ।।